१० साउन २०८३, आइतबार

हिमपहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला

बैशाख १४, २०७७
हिमपहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला

नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये थप दुई कोरियन पर्यटकको शव आइतबार फेला पारेको छ। 

हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई नेपाली गाइडको शव पहिल्यै फेला परिसकेकोमा आइतबार थप दुई कोरियन पर्यटकको शव पोखरास्थित नेपाली सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले फेला पारी प्रहरीलाई जिम्मा लगाएको हो।

उक्त शव परीक्षणको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको सेनाले जनाएको छ। खोजीमा खटिएको नेपाली सेनाको टोलीले हराईरहेका बाँकी एक नेपाली र दुई कोरियनहरुको शव हिँउभित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्