
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० लगायत ऐनलाई समसामयिक बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
समितिका सभापति पशुराम मेघी गुरुङकोे अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरुसमेत कार्यान्वयन मापन एवं मूल्याङ्कन गर्न आवश्यक देखिएकाले उक्त ऐन समसामियक बनाउन निर्देशन दिएको हो।
बैठकमा कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा यसबाट परेको असर तथा समितिमा विचाराधीन नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ का सम्बन्धमा छलफल भएको थियो।