०५ साउन २०८३, मंगलबार

केन्द्रको जस्तै राजनीतिक चलखेल नेकपा कर्णालीमा शुरू, मुख्यमन्त्रीले गुटगत बैठक गरेको आरोप

बैशाख १५, २०७७
केन्द्रको जस्तै राजनीतिक चलखेल नेकपा कर्णालीमा शुरू, मुख्यमन्त्रीले गुटगत बैठक गरेको आरोप

काठमाडौंमा प्रधामन्त्री केपि शर्मा ओलीलाई एक्ल्याइएको अभ्यास कर्णालीमा पनि शुरू भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर वोगटी र सह इन्चार्ज यामलाल कंडेललाई थाहै नदिई सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भर्चुअल बैठक पार्टीका कर्णाली इन्चार्ज जनार्दन शर्मा र पार्टी  सचिव मायाप्रसाद शर्माबीच आइतबार सम्पन्न गरेपछि नेकपा कर्णाली वृत्तमा खैलाबैला मच्चिएको छ ।

मुख्यमन्त्री सचिवालयको आधिकारिक पेजबाट शनिबार साँझ सार्वजनिक गरिएको उक्त तस्वीरमा सरकारका मन्त्री र पूर्व माओवादी पक्षधरका नेताहरुको मात्रै बैठकमा सहभागि भएको देखिन्छ । ‘सरकारका कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको सम्वन्धमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा र मायाप्रसाद शर्मा विच अन्तरक्रिया । भर्चुअल प्रविधिको प्रयोग गरि गरिएको अन्तरक्रियामा सरकारले तय गर्नुपर्ने आगामी रणनीतिको सम्वन्धमा पार्टी नेताहरुले सुझाव दिनुभएको छ,’ पेजमा लेखिएको छ ।

‘सरकारले आयोजना गर्ने यस्तो बैठकमा पूर्व एमाले पक्षधरका नेतालाई सहभागि गराइएको छैन । यो आपत्तिजनक छ,’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने, ‘सरकारले नै गुट चलाईरहेको छ जस्तो महसुस भएको छ ।’

उनले पार्टीमा गुटबन्दी चर्को भइरहेको बताउँदै त्यसतर्फ सरकार संवेदनशील हुनपर्नेमा नभएको आरोप लगाए । ‘सरकारले पार्टी अध्यक्षलाई सह इन्चार्जलाई बाइपास गरेर जानुको अर्थ के हो ?’ प्रश्न गर्दै संयोजक शाहीले भने, ‘विधान बमोजिम जानु पर्छ कि पर्दैन ? फेरि पनि पूर्व माओवादी र पूर्व एमाले भन्दै सरकारले कित्ता काट गरिरहने ?’

सरकारले यसरी गुटलाई बढावा दिने काम राम्रो नभएको उनको भनाइ थियो । नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कंडेलले उक्त बैठकबारे कुनै पनि जानकारी नभएको बताउँदै भए गरेका कुराको बारेमा अनभिज्ञता प्रकट गरे ।

‘मलाई केहि जानकारी नै छैन ।’ उनले भने, ‘यसबारेमा मैले थप कुरा के भन्नु र ?’ नेता कंडेलले शनिबार नै सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका छन् ।

‘अहिले सम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको प्रभाब देखिएको छैन । राम्रो कुरा हो । यस्तै रहिरहोस हामी सबैको कामना छ । सबै आ–आफ्नो स्थानमा सजग नै रहेको पाईन्छ । प्रदेश सरकारले पनि आफ्नो सक्रियता बढाइरहेको हुदा हुँदै पनि सरकारमा रहनु भएका साथीहरूले जे गरिरहनु भएको छ गम्भीरता पुर्बक समीक्षा गरि लकडाउन अनुकुलको निर्णय र व्यवहार गर्न हार्दिक अनुरोध गर्दछु ।’ नेता कंडेलको यो स्टाटसपछि मुख्यमन्त्री शाहीले इन्चार्जसँग कुराकानी गरेको नेकपा श्रोतको दाबी छ ।

नेता कंडेल र सरकारमा रहेका प्रकाश ज्वाला पूर्व एमालेका हुन । दुवै जना सहइन्चार्ज पनि हुन । ज्वाला सरकारको मन्त्री भएका कारण बैठकमा सहभागि भएको नेकपा श्रोतको दाबी छ । 

नेकपा कर्णाली प्रदेश कमिटिका एक सदस्यले सबैलाई राखेर जानु भन्दा सरकार पुरानै गुटका आधारमा चलिरहेको बताए । ‘सरकारले नेकपाो विधिान बमोजिम जानु पर्छ । यहाँ एक दुइ व्यक्ति बलियो वा पहुँच भन्दा पनि सबैलाई समेटेर कर्णालीका नागरिकको भावना अनुसार अघि बढनुको विकल्प छैन,’ उनले भने, ‘सामुहिक रुपमा कुनै समस्या भएको खण्डमा सरकारले सबैलाई राखेर काम गर्नुपर्छ । एक्लै चल्न खोज्नु मुर्खता हो ।’

नेकपामा पूर्व एमालेमा सह इन्चार्ज कंडेल, अध्यक्ष वोगटी ओली पक्षधर हुन भने अर्का सह इन्चार्ज ज्वाला माधव नेपाल खेमाका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्