०१ असार २०८३, सोमबार

अब निजी प्रयोगशालाले पनि कोरोनाको परीक्षण गर्न पाउने

बैशाख १५, २०७७
अब निजी प्रयोगशालाले पनि कोरोनाको परीक्षण गर्न पाउने

सरकारले कोरोना भाइरसको परीक्षणको दायरा फराकिलो बनाउने भएको छ। त्यसका लागि निजी अस्पतालका प्रयोगशालालाई पनि अनुमति दिइन थालिएकाे हाे।

यसअघि सरकारी अस्पतालका प्रयोगशालाबाट मात्र कोरोनाको परीक्षण हुँदै आएकोमा  यसको दायरा बढाउन निजीलाई पनि साझेदार बनाउन लागिएको हो।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार उक्त जानकारी दिएका हुन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेको छ। कोरोनाको परीक्षणका लागि निजी अस्पतालका प्रयोगशालाले सरकारबाट अनुमति लिनुपर्नेछ।

अहिले देशभरका १६ स्थानबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्