३१ जेठ २०८३, आइतबार

वाइन पिउँदै खाना पकाउँदै स्विफ्ट

बैशाख १६, २०७७
वाइन पिउँदै खाना पकाउँदै स्विफ्ट

लभ स्टोरी, ब्लैंक स्पेस र लुक ह्वाट यु मेड मी डुजस्ता लोकप्रिय गीत गाएर चर्चामा आएकी गायिका टेलर स्विफ्ट लकडाउनको समय खाना पकाएर, पुराना गीत सन्दै वाइनको मजा लिएर कटाइरहेकी छन्।

फिमेल फस्र्ट डटकोडटयूकेको रिपोर्टअनुसार स्विफ्टले पिपल म्यागेजिनसँग भनिन्, 'मलाई साँझमा वाइन पिउँदै, पुराना गीत सुन्दै खाना पकाएर समय कटाउन रमाइलो लाग्छ।'

उनले यसअघि आफूले पहिले नहेरेका पुराना फिल्म हेरिरहेको बताएकी थिइन्। यो महिनाको सुरुमा स्विफ्ट कोभिड १९ का लागि फन्ड जुटाउन आयोजित पप स्टार लेडी गागाको कन्सर्ट 'वन वल्र्ड : टगेदर एट होम' मा सहभागी भएकी थिइन्। त्यसबाट अमेरिकामा लगभग एक सय २८ मिलियन डलर जम्मा भएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्