२९ जेठ २०८३, शुक्रबार

पर्यावरण संरक्षण नगरेमा कोरोनाभन्दा खतरनाक महाव्याधि आउने वैज्ञानिकहरूको चेतावनी

बैशाख १६, २०७७
पर्यावरण संरक्षण नगरेमा कोरोनाभन्दा खतरनाक महाव्याधि आउने वैज्ञानिकहरूको चेतावनी

कोरोनाभाइरसका लागि मानिसहरू दोषी रहेको र पर्यावरण संरक्षण नगरेमा यसभन्दा खतरनाक महाव्याधिहरू देखिने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । 

संसारका अग्रणी वैज्ञानिकहरूले यसै हप्ता प्रकाशित एक रिपोर्टमा लेखेका छन्, ‘कोभिड–१९ महाव्याधिका लागि एक मात्र प्रजाति जिम्मेवार छ– त्यो हो हामी ।’

‘हालसालैका महाव्याधिहरू मानवीय गतिविधिका प्रत्यक्ष परिणाम हुन् । विशेषगरी हाम्रो वैश्विक वित्तीय तथा आर्थिक प्रणालीले कुनै पनि हालतमा आर्थिक वृद्धि गर्नुपर्छ भन्छ ।’

स्तनधारी र जलपक्षीहरूमा मानवलाई संक्रमित गर्न सक्ने एक करोड ७० लाखभन्दा बढी भाइरसहरू रहेको मानिन्छ भनी वैज्ञानिकहरूले चेतावनी दिए । यीमध्ये कुनै एक अर्को महामारी बन्न सक्छ र त्यो कोभिड–१९ भन्दा खतरनाक हुनेछ । 

विज्ञाननीति वेबसाइट आईपीबीईएसका लागि लेखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘व्यापक वन फँडानी, कृषिको अनियन्त्रित विस्तार, खानीहरूको दोहन तथा भौतिक संरचना निर्माणका साथै वन्यजन्तुहरूको शोषणले गर्दा विभिन्न किसिमका रोगहरू उब्जने वातावरण बनेको छ ।’

रोगाणु बोक्ने पशुहरूसँगको प्रत्यक्ष सम्पर्कमा मानिसहरूलाई ल्याएर यस्ता गतिविधिले महाव्याधि जन्माउने गरेको वैज्ञानिकहरूको कथन छ । पशुबाट ७० प्रतिशत रोगहरू उत्पन्न हुने गरेका छन् । 

हवाईयात्रा व्यापक मात्रामा बढ्दै गएसँगै शहरीकरण हुँदा एसियाली चमेराहरूमा रहेका हानिरहित भाइरसले संसारभरि मानिस मारिरहेको अनि अर्थतन्त्र र समाजलाई ठप्प बनाइरहेको अवस्था छ, वैज्ञानिकहरूले भने । 

‘महाव्याधि उत्पन्न हुनुमा मानवको योगदान यसरी देखिन्छ । तर यो शुरूआत मात्र हुन सक्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्