२८ जेठ २०८३, बिहीबार

विश्वमा कोरोना संक्रमितको संख्या एक अर्ब पुग्न सक्छ : आईआरसी

बैशाख १६, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या एक अर्ब पुग्न सक्छ : आईआरसी
प्रतिकार्यात्मक तस्वीर।

विश्वमा कोरोना भाइरस संक्रमणको चपेटामा करीब एक अर्ब मान्छे पर्नसक्ने चेतावनी दिइएको छ।

यदि कमजोर देशलाई तत्काल सहयोग नगरेमा अवस्था भयाभव हुनसक्ने एक परोपकारी समूहले बताएको बीबीसीले उल्लेख गरेकाे छ।

इन्टरनेशनल रेस्क्यू कमिटी (आईआरसी) का अनुसार कोरोना संक्रमणको वैश्विक असर रोक्न आर्थिक र मानवीय सहायताको आवश्यकता छ। 

अफगानिस्तान र सीरिया जस्ता युद्धबाट प्रताडित मुलुकलाई तत्काल आर्थिक सहयोगको खाँचो रहेको आईआरसीले भनेको छ। त्यस्तै देशलाई सहयोग गर्न कम समय रहेको र नत्र संक्रमण तीव्र रुपमा बढ्न सक्ने उसले आकलन गरेको छ।

जाेन हपकिन्स यूनिभर्सिटीको आकडा अनुसार हालसम्म  विश्वमा कोरोना संक्रमितको संख्या ३० लाख बढी छ। २ लाख भन्दा बढीको ज्यान गइसकेको छ।

विश्व स्वास्थ्य संगठन र इन्पिरियल कलेज लन्डनको आकडाको आधारम तयार गरिएको आईआरसीको रिपोर्टमा विश्वभर कोरोना संक्रमितको संख्या ५०  करोडदेखि एक अर्बबीच हुनसक्ने उल्लेख छ।

रिपोर्टमा यो पनि भनिएको छ, कि संक्रमणका कारण संघर्ष प्रभावित र अस्थिर देशमा करीब ३० लाख मान्छेको ज्यान पनि जान सक्ने आशंका छ। 

salt training

कमेन्ट गर्नुहोस्