२१ जेठ २०८३, बिहीबार

दीपशिखाले भने- बाबुरामविरुद्ध उजुरी हाल्ने युवा संघको निर्णय होइन

बैशाख १६, २०७७
दीपशिखाले भने- बाबुरामविरुद्ध उजुरी हाल्ने युवा संघको निर्णय होइन

सत्तासिन नेकपाको भातृ संगठन राष्ट्रिय युवा स‌ंघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितमाथि साइबर क्राइम उजुरी दायर गर्ने संस्थागत निर्णय नभएको बताएका छन्।

जनता समाजवादीका  नेताहरु  भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध साइबर क्राइम कसुरकाे उजुरी दायर गर्ने भन्दै युवा संघको एक समूह मंगलबार लकडाउनका बाबजुद सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका थिए। यद्यपि, मुद्दा दायर भएन।

यो विषयमा तीव्र आलोचना भइरहेका बेला दीपशिखाले 'कोही व्यक्ति संगठनको नाममा यस्ता कार्यहरूमा संलग्न भए त्यो उसको निजी विषय भएको र युवा संघ नेपालको संस्थागत निर्णय नभएको' बताएका हुन्।

‘संस्थागत निर्णय वा योजना नभएका विषयमा संस्थाको जिम्मेवारी नहुने र संस्थाको नाम  नमुछिदिन पनि अपिल गर्दछु,’ मंगलबार राति फेसबुकमा उनले लेखेका छन्।

मुलुक लकडाउनमा रहेको र कोरोनासँग लडिरहेको परिस्थितिमा संगठनले हुलहुज्जत गर्ने र नाराबाजी गर्ने काम गर्न नसक्ने र नहुने उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रै पार्टी नेतृत्वमा रहेको सरकार र कानुन पालना गर्न सहयोग गर्नुपर्छ भन्ने ठान्दछु। कानुन उलंघन वा मुलुकविरूद्ध केही गतिविधि हेर्ने राज्यको आफ्नै निकाय छ र त्यसलाई विश्वसनिय बनाउन सहयोग गर्नुपर्नेमा तोड्ने कामप्रति सहमत हुनै सकिन्न ।'

 

salt training

कमेन्ट गर्नुहोस्