०४ असार २०८३, बिहीबार

मधुमेहका बिरामीलाई कोरोनाको जोखिम कति ?

बैशाख १७, २०७७
मधुमेहका बिरामीलाई कोरोनाको जोखिम कति ?

चिकित्सक तथा वैज्ञानिकहरू मधुमेहका बिरामीमा कोरोना भाइरसले कसरी असर गर्छ भन्ने विषयमा अझै अध्ययन गरिरहेका छन् । यसबारे नयाँ तथ्यसमेत प्रकाशित भइरहेका छन् । ‘गामा’मा प्रकाशित रिपोर्टअनुसार, चीनका करिब ७२ हजार संक्रमितमा गरिएको अध्ययनमा स्वस्थ व्यक्तिभन्दा मधुमेहका बिरामीको मृत्युदर तीनगुणा बढी देखिएको छ । यसबारे संसारभरकै विज्ञहरूले थप अध्ययन गरिरहेका छन् । 

मधुमेहमा पनि टाइप–१ का बिरामी संक्रमणबाट बढी प्रभावित हुने गरेका छन् । उनीहरूमा डाइबिटिज सिटोएसिडोसिस हुने सम्भावना बढी हुन्छ, जसले शरीरको ‘सेप्सिस’ कम गर्ने क्षमतामा बाधा पु-याउने हुँदा संक्रमण फैलिने जोखिम हुन्छ । 

कसरी सजग रहने ?

- मधुमेहका बिरामीलाई कोरोनाको जोखिम रहेकाले औषधि सेवन गरिरहेका वा अन्य मधुमेह नियन्त्रणमा रहेका व्यक्तिले सजग हुनु आवश्यक छ । नियमित चिकित्सकको सम्पर्कमा रहने, औषधि नछुटाउने, खानपान र सामान्य व्यायाममा ध्यान दिनसके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ । 

- रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, यसले संक्रमण र रोगको जोखिमलाई घटाउन सहयोग गर्छ । समय–समयमा रगत चेकजाँज गर्न अत्यावश्यक छ । 

- स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वस्थ खानपानले शरीरमा इन्सुलिनको मात्रा बढाउने हुँदा मधुमेहका बिरामीका लागि झनै घातक हुने गर्छ । प्रोटिन र खनिजयुक्त खानेकुरा मात्रा मिलाएर अनिवार्य सेवन गर्नुपर्छ । 

-नियमित व्यायाम गर्न छुटाउनु हुँदैन । लकडाउनको समयमा पनि घरमै गर्न मिल्ने एक्सरसाइज नियमित गर्नुपर्छ । व्यायामले प्रतिरोधी क्षमता बढाउँछ । 

- फ्लु र नियोनियाजस्ता संक्रामक रोगविरुद्धका भ्याक्सिन लगाउन सकिन्छ । रोगका कारण प्रतिरोधी क्षमता कम हुने व्यक्तिमा यस्ता भ्याक्सिनको प्रयोगले संक्रमणबाट बच्न केही हदसम्म सहयोग पु-याउँछ । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्