११ साउन २०८३, सोमबार

भगवानको प्रार्थना गर्दा निको हुन्छ कोरोनाभाइरस ? वैज्ञानिकहरू गर्दैछन् अध्ययन

बैशाख २१, २०७७
भगवानको प्रार्थना गर्दा निको हुन्छ कोरोनाभाइरस ? वैज्ञानिकहरू गर्दैछन् अध्ययन

अमेरिकामा कोरोनाभाइरसको कहर जारी छ । अहिलेसम्म त्यहाँ ६६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

यसैबीच कान्सास सिटीमा भारतीय मूलका एक अमेरिकी चिकित्सकले ईश्वरको पूजा गर्दा कोरोनाभाइरसका रोगी ठीक हुन्छन् कि हुँदैनन् भन्ने विषयमा अध्ययन शुरू गरेका छन् । 

धनञ्जय लक्कीरेड्डी नामक ती चिकित्सकले चार महिनासम्म चल्ने अध्ययनको आरम्भ गरिसकेका छन् । यसमा सघन उपचार गराइरहेका एक हजारजना कोरोनाभाइरस रोगीहरू संलग्न हुनेछन् । अध्ययनका लागि निर्धारित स्याहार प्रक्रियामा कुनै फेरबदल गरिएको छैन । उनीहरूलाई ५००–५०० जनाको दुई समूहमा विभाजित गरिएको छ । एक समूहका लागि प्रार्थना गरिनेछ । 

कुनै पनि समूहलाई प्रार्थनाका बारेमा बताइनेछैन । राष्ट्रिय स्वास्थ्य संस्थानलाई उपलब्ध गराइएको जानकारी अनुसार, टाढाबाट गरिने रक्षात्मक बहुधार्मिक प्रार्थनाको कोभिड–१९ रोगीहरूमा क्लिनिकल परिणामको अध्ययन गरिनेछ । 

प्रार्थना गरिने रोगीहरू क्रिस्चियन, हिन्दू, मुस्लिम, यहुदी र बौद्ध धर्मका हुनेछन् । उनीहरूको सर्वव्यापी प्रार्थना गरिनेछ । सबै रोगीलाई उनीहरूका चिकित्सकले निर्धारित गरेको मानक स्याहार दिइनेछ र व्यावसायिक चिकित्सकहरूले उनीहरूको निगरानी गर्नेछन् । 

लक्कीरेड्डीले भने, ‘हामी सबैजना विज्ञानमा विश्वास गर्छौं अनि धर्ममा पनि विश्वास गर्छौं । कुनै अलौकिक शक्ति छ भने उसलाई प्रार्थना गर्दा परिणामहरूमा परिवर्तन आउन सक्छ ? हाम्रो प्रश्न यही हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्