१८ असार २०८३, बिहीबार

रिचार्ज नगरेका पुराना ग्राहकलाई डिसहोमले वैशाख २१ देखि ३० सम्म २०८ च्यानल निःशुल्क दिने

बैशाख २१, २०७७
रिचार्ज नगरेका पुराना ग्राहकलाई डिसहोमले वैशाख २१ देखि ३० सम्म २०८ च्यानल निःशुल्क दिने

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहोमको सेवा नलिइरहेका ग्राहकका लागि वैशाख २१ देखि ३० दिनसम्मका लागि निःशुल्क रूपमा २०८ वटै च्यानल उपलब्ध गराउने भएको छ ।

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताका लागि ९८०११५५००० उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा रहेका डिलरमार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो ।

यसका अलावा पनि केही ग्राहकले रिचार्ज नगरी रहेकाले डिसहोमले यस्तो व्यवस्था गरेको हो ।

डिसहोम नेपालका टिभी सेवा प्रदायकमध्ये सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क हो र उपग्रह (स्याटेलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच छ ।

विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारीका कारण देशभर लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकलाई मध्यनजर गरी यो कार्यक्राम घोषणा गरिएको डिसहोमले जनाएको छ ।

यसअघि नै सिनेमा हलहरू बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनेमा घरको सुविधा उपलब्ध गराएको थियो भने डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ–नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो ।

डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ । लकडाउनको बेलामा घरमा बस्नका लागि डिसहोम एकदमै भरपर्दो साथी बन्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्