भूमिकास्थान नगरपालिका वडा नम्बर– ६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । घटनामा तीनजना बिरामी परेका छन् ।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महतराको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको छ ।
मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महतरा बिरामी छन् ।
तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।
समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।