
नेपालमा कोभिड १९ भाइरसको थप ६ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै संक्रमितको कूल संख्या ७५ पुगेको जानकारी दिएका छन् ।
पोजिटिभ भेटिएका ६ वटै केसहरू नेपालगंजका हुन् । आइतवार भएको पीसीआर परीक्षणमा नेपालगंज -८ निवासी १६, २१ र ६४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिला रहेका छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताएका छन् ।
अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
