
भावी प्रधानसेनापतिको दौडमा रहेका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन्।
वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका शर्मालाई आइतबार जंगीअड्डामा रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रधानसेनापति थापाले उनलाई दर्ज्यानी चिह्न लगाइदिएर बलाध्यक्षको जिम्मेवारी सुम्पेका छन्।
मन्त्रिपरिषदको १४ वैशाखको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखबाट अवकाश पाइसेकका छन्, भने अर्का रथी शरद गिरी असार पहिलो साता उमेर हदका कारण सेवानिवृत्त हुँदैछन्।
प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल २४ भदौ ०७८ मा सकिँदै छ।