
नेपाली सेनाका सहायकरथीद्वय आनन्द कुमार अधिकारी र संजय थापा उपरथीमा बढुवा भएका छन्।
अधिकारी १४ वैशाख र थापा १९ वैशाखमा उपरथीमा बढुवा भएका हुन्। उनीहरुलाई आइतबार जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।
उपरथीमा पदोन्नती भएका उपरथी अधिकारीलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति र उपरथी थापालाई मध्यपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ