
बेलायतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ३ सय १५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ४६ पुगेको छ।
क्याबिनेट मन्त्री माइकल गवका अनुसार बेलायतमा लकडाउनलाई थोर खुकुलो बनाउने बारे आगामी साता एक कार्यदिशा पेश गरिनेछ।
बेलायतमा अत्यावश्यक सेवामा रहेका २ लाखको कोरोना परीक्षण गरिएको छ।