२३ असार २०८३, मंगलबार

चीनलाई कोरोनाको क्षतिपूर्ति तिराउने सुर कस्दै पश्चिमा मुलुक, दस्तावेज तयार

बैशाख २२, २०७७
चीनलाई कोरोनाको क्षतिपूर्ति तिराउने सुर कस्दै पश्चिमा मुलुक, दस्तावेज तयार

कोभिड–१० महाव्याधिको दोष चीनमाथि थोपर्दै यसबाट पुगेको क्षतिको भरपाई पनि उसैबाट गराउने सुर पश्चिमी मुलुकहरूले कसेका छन् । पश्चिमका जासुसी संस्थाहरूले तयार पारेको १५ पृष्ठ लामो एक दस्तावेज हालै सार्वजनिक भएको छ । 

उक्त दस्तावेज पश्चिमी सरकारहरूले तयार पारेको बताइएको छ । फाइभ आइज अर्थात् अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजील्यान्डका जासूसी संस्थाहरूले चीनविरुद्ध कोरोना महाव्याधिका विषयमा अनुसन्धान गरिरहेका छन् । 

अनुसन्धानकर्ताहरूले चीनलाई दोषी ठहर गर्न अनेकौं आरोप लगाएका छन् । ज्यानमारा कोरोनाभाइरस प्रयोगशालामा बनाइएको भन्ने दाबीलाई समेत दस्तावेजमा उल्लेख गरिएको छ । 

तर वैज्ञानिक समुदायले भाइरस प्रयोगशालामा नबनेको स्पष्ट भन्दै आएको छ । अमेरिकाको जासूसी समुदायले पनि प्रयोगशाला सिद्धान्तमा विश्वास नगरेको बताएको छ । तर अहिले तयार पारिएको दस्तावेजमा त्यो कुरा उल्लेख छ ।

दस्तावेजमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी र त्यहाँका शीर्ष अनुसन्धाता शी झेङ्लीको विस्तारमा वर्णन गरिएको छ । उनकै प्रयोगशालाबाट कोभिड–१९ गराउने भाइरस चुहिएको लेखिएको छ । 

चीनले प्रयोगशालाबाट भाइरस चुहाएर पछि वुहानमा त्यसलाई नियन्त्रण गरेको दस्तावेजमा उल्लेख गरिएको छ । उसले हुबेई प्रान्तमा आवागमन रोकेको अनि अन्तर्राष्ट्रिय उडान चाहिँ खुला राखेकोले महाव्याधि फैलाउने नै उसको उद्देश्य हो भनी दस्तावेजमा उल्लेख गरिएको छ । 

यो दस्तावेज पत्रकारहरूलाई चुहाइएको भए पनि स्वतन्त्र परीक्षणका लागि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर विगतमा पश्चिमी जासूसी संस्थाहरूले गरेका कुख्यात विश्लेषण र अधिकारीहरूले मिडियामा सूचना चुहाउने गरेको इतिहास हेर्दा यो पश्चिमको परराष्ट्रनीतिकै एक अंग हो भन्ने स्पष्ट छ । 

यसअघि सद्दाम हुसेनलाई सत्ताच्युत गर्नका लागि उनीविरुद्ध झूटा सूचना संकलन गरेर मिडियालाई चुहाइएको थियो । उनले येल्लोकेक युरेनियम गोप्य रूपमा हासिल गरेको र आफ्ना क्षेप्यास्त्रका साथ युरोपलाई ४५ मिनेटभित्र आक्रमण गर्न तयार रहेको झूटो आरोप लगाइएको थियो । अनि सद्दामसँग आम विनाशकारी हतियार रहेको हौवा पनि फैलाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्