
संघीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।
'नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम साविक लामाचौर- ५ कास्की जिल्ला निवासी डा. भरतराज गौतमलाई संघीय संसद्को महासचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
