१४ असार २०८३, आइतबार

दूतावासले भन्यो- भारत आएका नेपाली घर जाने प्रयास नगर्नु होला

बैशाख २२, २०७७
दूतावासले भन्यो- भारत आएका नेपाली घर जाने प्रयास नगर्नु होला

भारतस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछाडि लागेर स्वदेश नफर्कन अपील गरेको छ। 

दिल्लीस्थित दूतावासले अपील जारी गर्दै भ्रामक सूचनाको पछाडि लागेर नेपाल जाने प्रयास नगर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको हो। 

अपीलमा भनिएको छ, 'आफू र आफ्नो परिवारको सुरक्षाका लागि जुनसुकै उद्देश्यले भारत आइ यतै रहनु भएका सम्पूर्ण नेपालीहरू जो जहाँ हुनुहुन्छ त्यहीँ धैर्यसाथ बसिदिनहुन दूतावास हार्दिक अपील गर्दछ।'

त्यसैगरी भारतमा रहेका नेपालीलाई कुनै समस्या भोग्नु परेमा हटलाइन नम्बरमा फोन गर्न भनिएको छ। 


 

salt training

कमेन्ट गर्नुहोस्