३२ असार २०८३, बिहीबार

लिपुलेकको बाटो उद्घाटनपछि मात्र सरकार ब्युँझ्यो – दिलेन्द्र बडू

बैशाख २८, २०७७
लिपुलेकको बाटो उद्घाटनपछि मात्र सरकार ब्युँझ्यो – दिलेन्द्र बडू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म भारतले बाटो बनाउँदा सरकार सुतेको आरोप लगाएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बडूले बाटो कहिलेदेखि बन्न शुरू गरेको हो ? भन्दै प्रश्न गरे ।

‘कहिलेदेखि बाटो बन्न शुरू भएको हो ?’ उनको प्रश्न थियो, ‘त्यो सूचना सरकारसँग थियो कि थिएन ? कि सरकारसँग सूचना आउने बाटो नै बन्द भएको छ ?’

उनले बाटो उद्घाटन भएपछि मात्र सरकार ब्युँझेको आरोप लगाए । ‘सरकार ब्युँझेजस्तो छ, कूटनीति नोट पठाएको सुनियो,’ उनले भने ।

‘जतिबेला भारत र चीनबीच सहमति भयो, त्यतिबेला शुशील कोइरालाको सरकारले गम्भीर प्रोटेस्ट नोट पठाएको थियो,’ उनले थपे, ‘त्यसपछि आजसम्म के नोट पठाएको छ, के लेखेको छ ? त्यो चाहियो ।’

उनले बाटो बन्दै गएको छ भन्ने थाहा नहुनुको कारण सरकारले प्रष्ट पार्नुपर्ने बताए । उनले ६ महिनादेखि नै आफूले संसदमा बाटो बनाइदै छ भनेर जानकारी दिएको भन्दै त्यसमा ध्यानाकर्षण नभएको बताए ।

‘मैले संसदमा पनि बोलेको छु, बाटो बन्दै छ भनेर, मिडियामा पनि बोलेको थिएँ, ध्यानाकर्षण भएन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्