२३ असार २०८३, मंगलबार

सिक्किम सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

बैशाख २८, २०७७
सिक्किम सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

भारत र चीनबीच सिक्किममा रहेको सीमामा दुई देशका सैनिकमा झडप भएको छ । 

उत्तरी सिक्किममा १५ देखि २० भारतीय सैनिकहरूबीच हात हालाहाल भएको थियो । दुवै पक्षले ढुंगा हानाहान समेत गरेको बताइएको छ । 

भारत र चीनबीच उक्त क्षेत्रमा वास्तविक नियन्त्रण रेखाका सम्बन्धमा विवाद छ । 

घटनाको भिडियो भारतीय सेनाले खिचेको बताइएको छ । 

भारतीय सेनाका सूत्रहरूले बताएअनुसार, दुवै पक्षलाई सामान्य चोटपटक लागेको छ । 

स्थानीय तहमा छलफलपछि दुवै सैनिक अहिले पछि हटेका छन् । 

सीमा विवादका कारण दुवै पक्षबीच यदाकदा यस्ता घटना हुने गरेका छन् । दोक्लम विवाद भएको साढे दुई वर्षपछि यो घटना भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्