१९ असार २०८३, शुक्रबार

लकडाउनका कारण दुई महिनासम्म बन्द भएपछि सिनेमाघरका सीट कुहिए

बैशाख ३१, २०७७
लकडाउनका कारण दुई महिनासम्म बन्द भएपछि सिनेमाघरका सीट कुहिए

दुई महिनासम्म बन्द भएपछि मलेसियाको एक सिनेमाघरमा सीट र कार्पेटहरूमा ढुसी पर्न थालेको छ । कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउन लगाइएपछि सिनेमाघर बन्द गर्नुपरेको छ । 

हलको रातो र पर्पल सीट अनि कार्पेटहरूमा ढुसी र धूलोको बाक्लो पत्र परेको इपोह शहरका एक फोटोग्राफरले बताए । 

मलेसियाले लकडाउन अलिकति खुकुलो बनाएको भए पनि कैयौं क्षेत्रमा अझै पनि कडा नियन्त्रण लगाएको छ ।

कडा उपायका कारण छालाबाट बनेका झोदा र जुत्तारूमा ढुसी पर्न थालेको छ । 

सिनेमाघरहरूका महंगा सामान फ्याँक्नुपर्ने स्थिति आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्