२८ असार २०८३, आइतबार

उपचाररत बालिकामा कोरोना भेटिएपछि टिचिङ अस्पतालमा त्रास, न्यूरो वार्ड सिल गर्ने तयारी

उपचाररत बालिकामा कोरोना भेटिएपछि टिचिङ अस्पतालमा त्रास, न्यूरो वार्ड सिल गर्ने तयारी

राजधानी काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिकामा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू अस्पताल पुगेका छन् ।

कपिलवस्तुकी ती बालिकाको न्यूरो वार्डमा उपचार भइरहेको थियो । अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले न्यूरो वार्ड सिल गर्ने विषयमा छलफल चलिरहेको बताए ।

‘स्वास्थ्य मन्त्रालयबाट आएको टीमसँग छलफल भइरहेको छ,’ डाक्टर खड्गाले भने, ‘पूरै अस्पतालभन्दा पनि न्यूरो वार्ड मात्र सिल गर्नेबारे कुराकानी भइरहेको छ ।’

नेपालमा हालसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ३५ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्