२९ जेठ २०८३, शुक्रबार

माेहन वैद्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा, लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न माग

माेहन वैद्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा, लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न माग

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। क्रान्तिकारी माओवादीको स्थायी कमिटी बैठकले 'नैतिक अधिकार गुमाइसेको' भन्दै प्रम ओलीको राजीनामा माग गर्ने निर्णय गरेको हो।

बैठकपछि बिहीबार जारी विज्ञप्तिमा ‘कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत, उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन’ उल्लेख छ। महासचिव  वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री केपी ओलीको अविलम्ब राजीनामाको माग गर्दछ।’

सरकार अहिलेको संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत भइरहेको, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने नेपालीमाथि निर्लज्ज दमनमा उत्रिएको माओवादीको आरोप छ। 

क्रान्तिकारी माओवादीले लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर्न पनि माग गरेको छ। त्यस्तै, लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्ब सुरक्षाफोर्सको तैनाथ गर्न, नेपालको सीमा क्षेत्रमा तारबारका लागि यथाशीघ्र पहल गर्न र नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत  माग गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्