२८ जेठ २०८३, बिहीबार

काठमाडाैँका सात वर्षीय बालकमा काेराेना: धादिङमा पनि फेला परे संक्रमित

काठमाडाैँका सात वर्षीय बालकमा काेराेना: धादिङमा पनि फेला परे संक्रमित

काठमाडाैँकाे दहचाेकका ७ वर्षीय बालकमा काेराेना पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ थप ३ जनामा काेराेना पुष्टि भएकाे हाे। जसमा दहचाेकका ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा काेराेना पुष्टि भएकाे हाे। उनीहरुकाे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा परीक्षण भएकाे थियाे।

बिहीबार बिहान मात्र ३ जनामा काेराेना स‍क्रमण पुष्टि भएकाे थियाे।

यससँगै नेपालमा संक्रमितकाे संख्या २ सय ४९ पुगेकाे छ।

salt training

कमेन्ट गर्नुहोस्