
केन्याको मासई मारा राष्ट्रिय आरक्षमा विशालकाय बाँदरले सानो हरिणलाई मारेको छ ।
बाँदर र हरिणले शिकारी जनावरविरुद्ध निगरानी गर्ने साझेदारी गर्ने भए पनि बाँदरले धोका दिएर हरिण मारेको हो ।
भारतीय फोटोग्राफर निमित भर्दीले हरिणलाई बाँदरले मारेर खाएको तस्वीर खिचेका हुन् ।
मारिनुअघि बच्चो हरिण घाँसेमैदानमा अनिश्चित तरिकाले उभिरहेको देखिन्छ भने उसको पछाडि ठूलो हरिण देखिन्छ ।
बाँदरहरूलाई आरक्षमा देख्दा भर्दी आफ्नो कारमा थिए । ‘बबून बाँदरहरूले पेट भर्ने अवसर छोपिहाल्छन् । त्यसका लागि आफ्नो मित्रवत छिमेकीलाई पनि उनीहरू आक्रमण गरेर मार्छन्,’ उनले भने ।
‘बबून र गजेलले बाघ वा चितुवाविरुद्ध निगरानी गर्ने एकखालको सहमति गरेका हुन्छन् तर मैले देख्दा बाँदरले सहमति पालन गरेन ।’





