०३ साउन २०८३, आइतबार

नीति तथा कार्यक्रमका बारेमा सचिवालय बैठकमा ओलीले मागे महत्त्वपूर्ण सुझाव

नीति तथा कार्यक्रमका बारेमा सचिवालय बैठकमा ओलीले मागे महत्त्वपूर्ण सुझाव

प्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका सन्दर्भमा पार्टीको सचिवालय सदस्यहरूबाट महत्त्वपूर्ण सुझाव मागेका छन् ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले सुझाव मागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘आज सरकारले नीति तथा कार्यक्रम पेश गर्ने भएकाले तयारीले अन्तिम रूप पाउँदैछ, यसबीचमा तपाईंहरूका महत्त्वपूर्ण सुझाव छन् भने अझै पनि राख्न सकिन्छ भनेर प्रधानमन्त्रीले सुझाव माग्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने ।

त्यही अनुसार सचिवालय सदस्यहरूले केही सुझावहरू दिएको उनले बताए । कसले के सुझाव दियो भन्नेबारेमा भने प्रवक्ता श्रेष्ठले केही बताएनन् ।

सचिवालय बैठकमा स्थायी कमिटी बैठकका बारेमा पनि छलफल भएको थियो । ‘स्थायी कमिटी बैठक नीति तथा कार्यक्रमपछि नै होला भन्ने भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘पुनः सचिवालय बैठक बसेर त्यसबारेमा छलफल होला ।’

शुक्रवार अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्