२१ जेठ २०८३, बिहीबार

सिमानामा अलपत्र नेपालीलाई तत्काल नेपाल प्रवेश गर्न दिन कांग्रेसको माग

सिमानामा अलपत्र नेपालीलाई तत्काल नेपाल प्रवेश गर्न दिन कांग्रेसको माग
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमानामा अलपत्र नेपालीलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्ने माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सीमामा अलपत्र परेकालाई नेपाल छिर्न दिएर सरकार हुनुको दायीत्व निर्वाह गर्नुपर्ने माग राखेका हुन् ।

‘कयौं नेपाली कयौं दिनदेखि भारत संगको विभिन्न सिमा नाकामा अलपत्र स्थितिमा छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।’

उनले भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा रहेको जनाए ।

‘जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।‘

उनले लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्