०८ साउन २०८३, शुक्रबार

३ वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीलाई पूर्जा, कृषियोग्य जमिनको संरक्षण

३ वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीलाई पूर्जा, कृषियोग्य जमिनको संरक्षण

सरकारले आगामी आर्थिक वर्षमा जग्गा नापजाँचका बाँकी काम सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्‍मा पेश गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा उल्लेख गरेकी हुन् ।

'जग्गा नापजाँचका बाँकी कार्यहरू सञ्चालन गरिनेछ, भूमिको उपयोग गर्ने नीतिगत र कानूनी व्यवस्थाको प्रभावकारी कार्य गरिनेछ, कृषियोग्य जग्गाको संरक्षण अभियान सञ्चालन गरिनेछ,' राष्ट्रपति भण्डारीले भनिन् ।

परम्परागत जग्गा प्रशासनलाई आधुनिक डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र आगामी आर्थिक वर्ष सबै मालपोत कार्यालयबाट अनलाइनमार्फत सेवा प्रवाह हुने पनि सरकारले जनाएको छ ।

आगामी ३ वर्षभित्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गरिने पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको पूर्जा उपलब्ध गराउने गरी भूमि ऐनमा आठौं संशोधन समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्