
सरकारले आगामी वर्षदेखि नेपालमै फलामको व्यवसायिक उत्पादन शुरु गर्ने भएको छ ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको धौवादी फलाम कारखानामा मेसिनरी उपकरण जडान गरी आगामी वर्षमा फलाम उत्पादन शुरू गरिने बताएकी हुन् ।
सरकारले सरकारी स्वामित्वमा रहेका बन्द उद्योगलाई निजी क्षेत्रको समेत सहभागितमा पुन सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।