प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम आएपछि यो वर्ष देशमा चमत्कार नै हुने भन्दै सरकारमाथि व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले देशमा कुनै समस्या नभएकाले आत्तिनु नपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।
‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिएँ अब ढुक्क भएँ,’ उनले लेखेका छन्, ‘कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधनस्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ ।’
उनले थप व्यंग्य गर्दै लेखेका छन् - देश परदेशमा भएको कोही पनि आत्तिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !’