०९ साउन २०८३, शनिबार

थप ६ जनामा कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या २ सय ७३

थप ६ जनामा कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या २ सय ७३

 नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार बर्दिया नार्खुकी २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको बिरगंज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ की  १८ वर्षीया किशोरी, चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्