२१ जेठ २०८३, बिहीबार

थप २ जनामा देखियो कोरोना, देशभर कूल २७८ संक्रमित

थप २ जनामा देखियो कोरोना, देशभर कूल २७८ संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमित २ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी र काभ्रेमा १/१ जना गरी २ जना संक्रमित थपिएका बताए ।

उनका अनुसार महोत्तरीमा ५२ वर्षीय पुरुष र काभ्रेमा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या २७८ पुगेको छ ।

देशभर २२४ पुरुष र ५४ महिला संक्रमित रहेका छन् भने ३६ जना डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्