०३ असार २०८३, बुधबार

उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदूरको मृत्यु

उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदूरको मृत्यु

भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।  उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ । 

स्थानीय समयानुसार शनिबार बिहान ३.३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।उनीहरू मध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताए । उनले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिए । 

“दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइते मध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,” उनले भने । दुर्घटनामा परेकाहरू राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताए । 

यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्