२८ असार २०८३, आइतबार

कञ्चनपुर र बर्दियाकी संक्रमितको सम्पर्कमा रहेका मध्ये १ सय ९७ जनाको कोरोना रिपार्ट नेगेटिभ

जेठ ३, २०७७
कञ्चनपुर र बर्दियाकी संक्रमितको सम्पर्कमा रहेका मध्ये  १ सय ९७ जनाको कोरोना रिपार्ट नेगेटिभ

धनगढी, ३ जेठ । कञ्चनपुरबाट काठमाडौं पुगेकी र आफ्नी बजै संग कैलाली पहुनी खान आएकी बर्दिया घर फर्केकी बालिकाको सम्पर्कमा रहेका मध्ये हालसम्म सबैको आरटी पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

शनिबारसम्म परीक्षण गरिएका दुबै संक्रमितको सम्पर्कमा रहेका मध्ये १९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निरिक्षक रामप्रसाद ओझाका अनुसार संक्रमित महिलाको कञ्चनपुरको बेतकोट नगरपालिका–१० हरपाल गाउँस्थित घरका ३० जना छिमेकीको नेगेटिभ रिपोर्ट आएको हो ।

त्यस्तै, बर्दियाकी बालिकाको सम्पर्कमा आएका कैलालीको गोदावरी नगरपालिकाका र भजनी नगरपालिका गरी १६७ जनाको थ्रोट स्वावको नमूना पनि नेगेटिभ आएको निरिक्षक ओझाले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिकास्थित बालिकाकाको सम्पर्कमा आएका १३४ र भजनी नगरपालिकाको ३३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको हो ।

शुक्रवार स्वाब संकलन गरिएका भजनीका १० जनाको भने रिपोर्ट बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रगोगशालाले लोकान्तरलाई बतायो ।

salt training

कमेन्ट गर्नुहोस्