
काठमाडौँ उपत्यकामा चोरी गरेर फरार रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक जनाको घरबाट १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेर फरार रहेका आकाश मगर, सौरभ महर्जन, अभिषेक महर्जन, अञ्जना मगर, बिमला तामाङ र कबिता मगर छन् ।
उनीहरुले चन्द्रागिरी नगरपालिका १५ तिनथानाका राजेश मानन्धरको घरबाट चोरी गरेको आरोप छ। उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।