१३ असार २०८३, शनिबार

सिन्धुपाल्चाेककी सुत्केरीकाे काेराेनाबाट मृत्यु भएको पुष्टि

सिन्धुपाल्चाेककी सुत्केरीकाे काेराेनाबाट मृत्यु भएको पुष्टि

नेपालमा काेराेना भाइरसबाट एक महिलाकाे ज्यान गएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेना संक्रमित सिन्धुपाल्चाेककी २९ वर्षीया सुत्केरीकाे ज्यान गएकाे हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा‍. समीरकुमार अधिकारीद्वारा जारी वक्तव्यमा ती महिलामा स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि धुलिखेल अस्पताल लैजादै गर्दा बाटाेमा मृत्यु भएको हो। उनकाे वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकाेमा २५ गते डिस्चार्ज भएकी थिइन् ।

तर ज्वराे र श्वासप्रश्वासकाे समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराए पनि  निकाे नभएपछि धुलिखेल लैजादै गर्दा ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

नेपालमा काेराेनाबाट मृत्यु  भएकाे याे पहिलाे घटना हाे।

salt training

कमेन्ट गर्नुहोस्