२६ असार २०८३, शुक्रबार

चितवनबाट धनुषा आएका २ ब्यक्तिमा कोरोना संक्रमण

जेठ ४, २०७७
चितवनबाट धनुषा आएका २ ब्यक्तिमा कोरोना संक्रमण

धनुषामा दुई जना ब्यक्तिमा थप नयाँ कोरोनाको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले समेत प्रेस बिज्ञप्ति जारी गरेर धनुषाका २० बर्षीय र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका छन् । 

संक्रमित दुबै जना चितवन बाट धनुषा आएका थिए । संक्रमित ब्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरु अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । उक्त क्वारेनटाइनका संयोजक संतोष ठाकुरका अनुसार संक्रमित ब्यक्तिहरु चितवनबाट धनुषा आएका थिए । 

‘बैशाख ३० गते उनीहरु चितवन बाट घर नगराइन नगरपालिका पुगेका थिए,’ ठाकुरले भने,‘दुबै जना आफ्नो घर पुगेर घर परिवारमा घुलमिल समेत भए पछि स्थानीय प्रहरीले उनीहरुलाई क्वारेनटइनमा पठाएका थिए । ’ ठाकुरका अनुसार उनीहरु चितवन बाट पैदल हिडेर पथलैया सम्म आएका थिए । त्यस पछि  ट्रकमा चढेर त कहीं फेरि पैदल हिडेर गाउँ सम्म आएका थिए ।  उनीहरु चितवनमा मैदा कारखानामा काम गर्थे । 

उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो । अहिले उनीहरु क्वारेनटाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्