२३ असार २०८३, मंगलबार

संक्रमित व्यक्ति चितवनमा ओभरसियर पढ्थे, साइकल चलाएर धनुषा आएका थिए

जेठ ४, २०७७
संक्रमित व्यक्ति चितवनमा ओभरसियर पढ्थे, साइकल चलाएर धनुषा आएका थिए

धनुषामा दुई जना ब्यक्तिमा थप नयाँ कोरोनाको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले समेत प्रेस बिज्ञप्ति जारी गरेर धनुषाका २० बर्षीय र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका छन् । तर, उनीहरु मध्ये एक जनाको उमेर ६५ बर्ष नभएर ३५ बर्षको मात्रै रहेको पाइएको छ । 

संक्रमित दुबै जना चितवन धनुषा आएका थिए । संक्रमित ब्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरु अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । उक्त क्वारेनटाइनका संयोजक संतोष ठाकुरका अनुसार संक्रमित ब्यक्तिहरु चितवनबाट धनुषा आएका थिए । 

‘उनीहरु दुबै जना चितवनबाट साइकल चलाएर धनुषा आएका थिए,’ ठाकुरले भने, ‘क्वारेनटाइनमा समेत साइकल चढेर नै उनीहरु आएका थिए ।’ उनीहरु ओभरसियर पढ्ने बिद्यार्थी हुन् । चितवनको देवकोटा चौक स्थित आदिकवि भानु भक्त क्याम्पसमा ओभरसिय पढ्ने बिद्यार्थी हुन् । ठाकुरका अनुसार उनीहरु शुरुमा त्यहाँ छात्रावासमा नई बस्ने गरेका थिए तर लक डाउन हुनु अघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।  उनीहरु चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत एक एक जना उनीहरु संग उक्त कोठामा बस्ने गरेका थिए । महोत्तरी र सिरहाका ती दुई जना बिद्यार्थी भने लक डाउन भएको केही दिनमैं गाउँ फर्किएका थिए ।

उनीहरु घर पुगेर क्वारेनटाइनमा आए वा सिधा क्वारेनटाईनमा आए भन्ने कुराको अनुसन्धान भई नई रहेको छ । तथापि उनीहरु सीधा क्वारेनटाईनमा नै आएको दाबी गरेकोमा थप अनुसन्धान भइरहेको ठाकुरले बताए । उनका अनुसार त्यहाँ क्वारेनटाइनमा समेत उनीहरु दुई जनालाई छुट्टै कोठामा राखिएको थियो । कोठा नम्बर १४ मा उनीहरुलाई राखिएको थियो । अन्य मानिसहरु संग उनको सम्पर्क हुन नदिईएको उनले बताए ।   

उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो  । अहिले उनीहरु क्वारेनटाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ  ।     
 

salt training

कमेन्ट गर्नुहोस्