२२ असार २०८३, सोमबार

लकडाउनलाई थप सशक्त बनाउने प्रधानमन्त्री ओलीको घोषणा

लकडाउनलाई थप सशक्त बनाउने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् ।

शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले लकडाउनमा थप कडाई गर्ने संकेत गरेका हुन् ।

 आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोकमा सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको खबरले आफू दुःखी भएको बताएका छन् । 

उनले ट्वीटरमा लेखेका छन्,'कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ।  मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।'

सरकारले लकडाउन जारी गरेको आइतवार ५५ दिन हो । 

नेपालमा हालसम्म २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । यस्तै ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्