०४ साउन २०८३, सोमबार

सीमाबारे बोले महतो– सीमा रक्षा दौरा सुरुवाल लगाउने ओलीले गर्ने कि धोती लगाउने महतोले ?

सीमाबारे बोले महतो– सीमा रक्षा दौरा सुरुवाल लगाउने ओलीले गर्ने कि धोती लगाउने महतोले ?

राष्ट्रिय जता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले देशको सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

जनताको जीवन र देशको सीमा रक्षा गर्न नसक्ने सरकार राष्ट्रघाती भएको उनको आरोप छ ।

प्रतिनिधि सभामा आइतवार सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महतोले ७० वर्षदेखि उठेको कालापानी विवाद समाधानमा सरकारले गम्भीर पहल नगरेको आरोप लगाएका हुन् । 

‘अहिले सीमा रक्षाको कुरा धेरै आएको छ, सीमा रक्षा कसले गर्दिने हो ? लिपुलेक, कालापानी, लिम्पियाधुरा मिचियो रे ! रक्षा कसले गर्दिने हो ? ७० वर्षदेखि उठेको कुरा हामीले गर्ने कि सरकारले ? ८ वर्षदेखि सडक खन्ने काम नरोक्ने राष्ट्रघाती हो कि होइन ? मधेशी दलले बोलेन राजेन्द्र महतोले बोलेन रे ! सीमाको रक्षा दौरा सुरुवाल लगाउने केपी ओलीले गर्ने कि राजेन्द्र महतो धोती लगाउनेले गर्ने ? यसैले यो सरकारले राष्ट्रघाती काम गरेको छ । जनताको जीवन र देशको सीमा रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ? असफल, नालायक, राष्ट्रघाती भन्ने कि अपराधी भन्ने ? जनताले निर्णय गर्छ ।’ 

महतोले सरकारका नीति तथा कार्यक्रम नेकपाको चुनावी घोषणा पत्र जस्तो भएको आरोप लगाए । ‘अहिले चाहीँ रामायण महाभारत पढ्ने बेला हो ? पूरा देशका प्रत्येक नागरिक मजदूरदेखि भिखारीसम्म महामारीबाट आक्रान्त छ ।

इतिहासमै नभएको कर्मकाण्डी कार्यक्रम प्रस्तुत हुने, यो कुर्सी जोगाउने तर्फमात्र ध्यान छ, अनि कसरी आउँथ्यो राम्रो कुरा,’ उनले टिप्पणी गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्