१५ असार २०८३, सोमबार

अब निजी अस्पताललले पनि कोरोना परीक्षण गर्ने

अब निजी अस्पताललले पनि कोरोना परीक्षण गर्ने
प्रतिकार्यात्मक तस्वीर।

अब निजी तथा सामुदायिक अस्पतालमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती अस्पतालमा रहेका आरडिटी विधिबाट स्वाब परीक्षण गरिने भएको हो। त्यसका लागि निर्देशिका जारी भएको छ। यो निदेर्शिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोरोनाको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ। अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ।

आरडिटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडिटीको मात्रै परीक्षण गर्नसक्नेछन्। आरडिटीको परीक्षण प्रतिवेदन दैनिक रुपमा राष्ट्रिय प्रयोगशालमा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ। आरडिटी परीक्षणका लागि शुल्क अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन्।
    

salt training

कमेन्ट गर्नुहोस्