२३ जेठ २०८३, शनिबार

धनकुटा र विराटनगरमा तीन काेराेना संक्रमित भेटिए, संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

धनकुटा र विराटनगरमा तीन काेराेना संक्रमित भेटिए, संक्रमितकाे संख्या २ सय ९५ पुग्याे
प्रतिकार्यात्मक तस्वीर।

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २ सय ९५ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ थप तीन जनामा काेराेना पुष्टि भएकाे हाे।

वीपी  काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे स्वाब परीक्षणमा धनकुटाकी ३४ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे हाे।

त्यस्तै, माेरंगकाे विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले प्रेस नाेट जारी गरेर जनाएकाे छ। उनीहरुकाे पनि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएकाे थियाे।

 

salt training

कमेन्ट गर्नुहोस्