
मन्त्रिपरिद् बैठकले लकडाउनकाे टुंगाे लगाए पनि मोडालिटीमा छलफल भएका छन् ।
बैठकपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बैठकले कृषि, उद्योग, ढुवानी र आयोजना निर्माण यथावत रहने बताए। खेतीपातीकाे समय भए पनि काेराेना भाइरस संक्रमणकाे जाेखिम छ। त्यसैले क्वारेन्टाइनमै बसेर पनि खेतीपाती गर्न सकिनेबारे छलफल भएकाे छ।
धेरै मान्छे क्वारेन्टाइनमै रहेर पनि श्रम गर्न सक्ने स्थिति, सुरक्षित ढंगले आफ्नै गाउँठाउँमा स्वास्थ्य सुरक्षाका संक्रमण सम्बन्धी सम्पूर्ण सुरक्षाका अपनाएर काममा जोड्न सकिन्छ कि भनेर छलफल भएकाे छ।
यसको औपचारिकता अब बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गर्नेछ।