जयपुर - धेरै बलिउड स्टारकाका नक्कल व्यक्ति भेटिन्छन् । शाहरुख, सलमान ,ऋतिक रोशन र आमिर खान लगायत धेरै बलिउड स्टारहरुका नक्कली व्यक्ति भेटिन्छन् जसलाई देखेर जो कोही पनि झुक्किन्छन् ।
केही समय अगाडि बलिउड अभिनेत्री प्रियंका चोपडाको अनुहारझै देखिने एक युवतीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको जस्तै अनुहार भएका एक महिला जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सोनाक्षीझै देखिने युवतीको नाम साहेबा कोहली हो । उनको अनुहार सोनाक्षीसँग निकै मिल्छ । साहेबाले आफ्नो फोटो फेसबुकमा अपलोड गरेकी छिन् । साहेबाको अनुहार मात्रै होइन उनको व्यक्तित्व पनि सोनाक्षीसँग मिल्छ । साहेबा हाल दुबईमा बस्दै आएकी छिन् ।
सामाजिक सञ्जालमा आफ्नो फोटो अपलोड गर्दै साहेबाले ‘ह्याप्पी दिवाली नकली सोनाक्षी’ भनेर लेखेकी छिन् ।
साहेबाले इंस्टाग्राममा आफ्नो नाम ‘नकली सोना’ राखेकी छिन् । भने बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले भने इंस्टाग्राममा ‘असली सोना’ नाम राखेकी छिन् ।
एजेन्सी