
आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।
जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्का दुवै सदनमा पेश नीति तथा कार्यक्रम मंगलवार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।
संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रम अब माथिल्लो सदन राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ ।