१८ असार २०८३, बिहीबार

नयाँ नक्सा जारी गर्ने निर्णय भएको खुसियालीमा स्याङ्जाको सहिदचोकमा दीप प्रज्ज्वलन

नयाँ नक्सा जारी गर्ने निर्णय भएको खुसियालीमा स्याङ्जाको सहिदचोकमा दीप प्रज्ज्वलन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जा जिल्ला कमिटीले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारको निर्णयलाई स्वागत गर्दै सहिदचोकमा दीप प्रज्ज्वलन गरेको छ ।

स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको उपलक्ष्यमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको लोकान्तरलाई बताए ।

मंगलवार बिहान उनले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय स्वागतयोग्य भएको बताएका थिए ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा जारी गर्ने तयारी थालेको छ । मंगलवार मन्त्रालयमा केही सीमाविदसँग नक्साको सैद्धान्तिक पक्षबारे छलफल गरेकी थिइन् ।

नक्सा बुधवार जारी गर्ने तयारी रहेको मन्त्रालय स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्