
विदेशमा अलपत्र परेका नेपालीलाई निजी क्षेत्रका विमान प्रयोग गरेर भएपनि उद्धार गर्न नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद पन्थले त्यसरी ल्याइएकाहरूलाई होटलमा क्वारेन्टाइन बनाएर राख्न सकिने बताए ।
‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले संकटमा परेका ८/१० लाख नेपालीलाई स्वदेश ल्याउन सक्दैन ? विदेशमा अलपत्र परेका अत्यन्त जरुरी, जरुरी र सामान्य गरेर नेपालमा दर्जनौं निजी विमान प्रयोग गरेर ल्याउन सकिन्छ’, उनले भने, ‘स्वदेश ल्याएर यहाँ होटललाई क्वारेन्टाइन बनाउँदा उनीहरूले पनि काम पाउँछन, सीमानामा अड्केकालाई बस प्रयोग गरेर स्वदेश फर्काऔं ।’