३१ असार २०८३, बुधबार

‘तास खेल्दा र रक्सी खाँदाका साथीलाई जथाभावी पास दिएर सीडीओले कोरोना फैलाए’

‘तास खेल्दा र रक्सी खाँदाका साथीलाई जथाभावी पास दिएर सीडीओले कोरोना फैलाए’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले कोरोना संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको दोष रहेको आरोप लगाएका छन् । 

सीडीओले तास खेल्दाको र रक्सी खाँदाको साथी जम्मैलाई पास दिएका कारण टोले गुण्डाले समेत पास लिएर गाडीको रवाफ देखाएको आरोप लगाएका हुन् । 

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेकपामा रामनारायण बिडारीले किसानका सामान राज्यले खरिद गरेर बजारीकरणको व्यवस्था गर्ने र उनीहरूलाई घरबाट बाहिर निस्कन नदिन आग्रह गरेका हुन् । 

‘अहिले त रद्द भयो क्यारे, सीडीओेसा’पले पास दिएछन्, कोरोना फैलिनुमो सीडीओे दोषी छ । तास खेल्दाको साथी, रक्सी खाँदाको साथी जम्मैलाई पास दिए । टोलका २ चार पैसा भएका गुण्डा समेत पास लिएर गाडिमा हिँड्ने, जनतालाई सास्ती ?’ उनले प्रश्न गरे । 

बिडारीले एकहजार गाडी नियन्त्रणमा लिएर किसानका तरकारी फलफूल सर्लक्क उठाएर बजार ल्याएर बेच्ने प्रबन्धका लागि सरकारसँग आग्रह गरे ।

‘सरकारले हजारवटा गाडी भाडामा लिएर गाउँमा किसानका तरकारी खरिद गर्ने र उनीहरूलाई मल पुर्‍याउने व्यवस्था गरोस्, किसानको सामान शहरमा ल्याएर बेच्ने काम गरोस् । उता दूध पोख्नु पर्ने, चल्ला मार्नुपर्ने, यता शहरमा कोरोना मिसिएको भारतीय चिवविज खानु पर्ने’ बिडारीले भने, ‘यति गर्दा भारतीय सामान नेपालम आउन रोकिन्छ । आयात घटन सक्छ हामी आत्मनिर्भर बन्छौं । यति काम गर्न सरकारले सक्दैन ?’

salt training

कमेन्ट गर्नुहोस्