
रुसको तुलामा रहेको एक अस्पतालमा काम गर्ने एक नर्सले पारदर्शी सुरक्षा कवचभित्र बिकिनी मात्र लगाएर उपचारमा खटिएपछि त्यसको व्यापक चर्चा भएको छ ।
ती महिला नर्सलाई प्लास्टिकको सुरक्षा कवच लगाएको अनि औषधि भरिएको ट्रे बोकेको अवस्थामा तस्वीर लिइएको थियो ।
तुलाको सरुवा रोग अस्पतालमा यो तस्वीर लिइएको हो ।
रोगीहरूले नर्सको यस्तो उत्तेजक वस्त्रमा आपत्ति त जनाएनन् तर उनलाई घुरेर हेर्न भने छुटाएनन्, तस्वीर प्रकाशन गर्ने टस्ल्की नोभोस्तीले लेख्यो ।
तर नर्स आफैंलाई यो सुरक्षा कवच यतिसम्म पारदर्शी होला भन्ने नलागेको बताइएको छ । उनले दिनभरि भारीभरकम पीपीई लगाउँदा गर्मी भएर भित्री वस्त्र बाहेक अन्य लुगा फुकालेकी थिइन् ।
यो समाचार प्रकाशित भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूको ध्यान खिचिएको छ । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले नर्सलाई चेतावनी दिँदै उनले निर्देशिकाहरूको उल्लंघन गरेको बतायो ।
‘कर्मचारीहरूलाई स्वस्थ कपडा लगाउन र मर्यादित देखिनुपर्ने नियम पालन गर्न भनिएको छ,’ मन्त्रालयले भन्यो ।
मन्त्रालयले नर्सबाट नियम भंग भएको भनी आपत्ति जनाएपनि अधिकांश जनताले कोभिड–१९ का रोगीको उपचारमा खटिएर अहोरात्र मेहनत गरेको भन्दै नर्सको प्रशंसा गरेका छन् ।
Медсестре из Тулы, надевшей купальник под защитный костюм, сделали замечаниеhttps://t.co/4OMCvsiXPg
— Тульские новости (@newstula) May 19, 2020
К медсестре инфекционного госпиталя в Тульской областной клинической больнице применено дисциплинарное взыскание после того, как она появилась перед пациентами в ку... #Тула #ТН pic.twitter.com/gNneemIGn9